Saturday, May 16News That Matters

विप्लवको जिल्ला सदस्य बस्नेतद्धारा पार्टी परित्याग

पूर्णपुष्टि, भदौ १७

नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको उदयपुर जिल्ला कमिटिका सदस्य भोजराज बस्नेत (भरत) ले पार्टी परित्याग गरेको छ ।

त्रियुगा नगरपालिका–१५ खाँबु बस्ने बस्नेतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट सवै कमिटी र साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी सामान्य नागरिकको जिवनयापन गर्ने प्रेस विज्ञाप्तिमा उल्लेख छ ।

विप्लव समूहमा आवद्ध हुदा राज्यलाई कुनै हानी पु¥याउने काम समेत नगरेको विज्ञप्तिमा उल्लेख छ । उनले प्रेस विज्ञाप्ती जारी गरेको दिन देखि अवका दिनमा विप्लप समूहसँग कुनै सम्बन्ध र सम्पर्कन नरहने जानकारी गराएको छ ।