Saturday, May 16News That Matters

कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु

पुर्णपुष्टि, भदौ १७

कोरोना सङ्क्रमणबाट कपिवस्तुमा थप एक महिलाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–११ की ७० वर्षीया महिलाको बुटवलमा उचारको क्रममा मृत्यु भएको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यहि भदौ ७ गते उनलाई कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि बुटवलमा रहेको प्रादेशिक अस्पतालमा लगिएको थियो ।

स्वास प्रश्वासमा समस्या देखिएपछि उनको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान उनको मृत्युु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृतक महिलामा ज्वरो, स्वास–प्रश्वास समस्या र उच्च रक्त रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।