
पूणर्पुष्टि, जेष्ठ, २४
नेपालमा थप आज कोरोनाले १ जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण बाट मर्नेको संख्या १२ पुगेको छ । डोल्पाका जगदुल्ला गाँउपालिका(३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।
उनको २० गते निधन भएको थियो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताउनुभयो ।
उनि जेठ १८ गते नेपालगञ्ज(सुर्खेत(जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।
