Sunday, June 14News That Matters

नेपालमा कोरोना मुक्त हुनेको संख्या १ लाख ४१ हजार नाघ्यो

पूर्णपुष्टि, कात्तिक १८

नेपालमा आज थप ३ हजार १ सय ४२ जनामा कोरोना संक्रमण मुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको मन्त्रालयले जनाएको छ ।