
पूणर्पुष्टि, जेष्ठ, १५
नेपालमा पनि कोरोनो संक्रमणको संख्या दिनानु बढ्दै गइरहेको छ । आज मात्रै २ नं प्रदेशमा थप ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
२ नं प्रदेश स्थित धनुषामा सबै भन्दा बढी २९ जनामा संक्रमण देखिएको छ , भने महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको सँगै ७६ जनामा आज विहान संक्रमित पुष्टि भएको हो ।
प्रदेश नं २ मा मात्रै कोरोना संक्रमितहरुको संख्या ४ सय भन्दा बढी पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले जानकारी दिनुभयो । हिजो मंगलबार मात्रै देशभर बाट गरिएको परिक्षणमा ११४ जना संक्रमित फेला परेको थियो । यस्ले नेपालमा पनि संक्रमितको संख्या तिव्र गतिमा रहेको जनाउँछ ।
