Sunday, May 17News That Matters

नेपालमा थपिए १,४३३ खोप केन्द्र

पूर्णपुष्टि, साउन २३

नेपालमा २ हजार ९८९ कोरोना भाइरसविरुद्धको खोप केन्द्र रहेकोमा १ हजार ४३३ खोप केन्द्र थप गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार खोप लगाउने मानिसहरुको भीड बढ्न थालेपछि संक्रमणको जोखिम कम गर्न खोप केन्द्र थप गरिएको हो ।

पहिले २ हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो संख्या चार हजार ४२२ पु¥याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पु¥यायाइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र रहेको मन्त्रालयले जनाएको छ ।