Tuesday, June 9News That Matters

नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

बैशाख ११ 

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ९७ हजार ८७ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६८ सहित दुई लाख ७७ हजार एक सय २३ जना निको भएका छन् ।

अहिले नेपालमा १६ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित मध्ये दुई सय १३ जना आईसीयू र ६९ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् ।

अहिले काठमाण्डौ, पर्सा, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सय भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।