Wednesday, July 1News That Matters

नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असोज २०

नेपालमा आज थप एक हजार पाँच सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९० हजार आठ सय १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५१ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ४० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६७ हजार पाँच सय ४२ पुगेको छ ।

अब नेपालमा २२ हजार सात सय नौ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।