Monday, June 22News That Matters

नेपालमा थप १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, चैत २०

नेपालमा थप एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३५ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार ६ सय ४० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप एक सय ११ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार नौ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा १६ सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार ३१ जनाको ज्यान गएको छ ।