Wednesday, July 22News That Matters

अध्यक्ष पुष्पकमल दाहालले गरे यतिठुलो सनसनीपूर्ण खुलासा

उदयपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायका प्रमुखहरुलाई ठुलो आरोप लगाएका छन्। प्रचण्डले निकायका प्रमुखहरु नै सेटिङमा चलेको जस्ता आरोप लगाएका छन् ।

एक कार्यक्रममा उनले संसद पुनर्स्थास्पना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको गुनासो व्यक्त गरे । प्रचण्डले देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने आरोप लगाए ।

प्रचण्डले उक्त कार्यक्रममा बोल्दै भने,”ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौं ।”