Monday, August 17News That Matters

प्रचण्डलाई पूर्वमन्त्री गोकुल बास्कोटाले गरे यतिसम्मको व्यंग्य

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेकपा राम्रो हो, सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइरहेको बताएका छन्।

बास्कोटाले माधव नेपाल समूहलाई संकेत गर्दै फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा भन्दै प्रश्न गरेका छन्।

बास्कोटाले लेखेका छन्, “नेकपा राम्रो हो,सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइराछ।फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन?अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ।आठ दश महिना पछि कस्ले बास देला र?”