Sunday, May 17News That Matters

नेपालमा थप २,३९८ जनामा संक्रमण पुष्टि, १२ जनाको ज्यान गयो

पूर्णपुष्टि, असार २९

वितेको २४ घण्टामा थप २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६३९ र ३ हजार ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

वितेको २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण थप १२ जनाको ज्यान गएको छ ।