Tuesday, June 30News That Matters

नेपालमा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, कात्तिक १७ 

नेपालमा आज थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा ३ हजार १ सय ५० जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
अब सक्रिय सङ्क्रमितको संख्या ३७ हजार पाँच सय २४ रहेको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको सख्ंया ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।