
पूर्णपुष्टि, कात्तिक २
नेपालमा आज थप दुई हजार नौ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा दुई हजार तीन सय २६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९२ हजार एक सय ६६ पुगेको छ ।
अब नेपालमा ३९ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गत २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

