Sunday, June 28News That Matters

नेपालमा थप ३०९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, कात्तिक ४ 

नेपालमा आज थप तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक लाख ३९ हजार एक सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार आठ सय ६१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय आठ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९६ हजार ६ सय नौ पुगेको छ ।

अब नेपालमा ४१ हजार सात सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।