
पूर्णपुष्टि, जेठ १० गते ।
फेरी थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा बाँके नरैनापुरका १६ देखि ५० वर्ष उमेर समुहका २७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा वैतडी शिवनाथ गाउँपालिकाका २०, २०, २२ र २७ वर्षीय पुरुषमा र बर्दिया बडैया तालको १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा झापाको झापा गाउँपालिका ३३ वर्षीय परुषमा संक्रमण पुष्टि भएको छ । त्यसतै सुर्खेतमा २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म ५ सय ५ जना पुरुष र ७९ जना महिलामा संक्रमण पुष्टि भईसको छ भने ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
