Tuesday, April 21News That Matters

नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जठ २४ गते । 

आज नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको स्वास्थ्य था जनसंख्या  मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, स्याङ्जा १०, बाग्लुङ १, सुनसरी १, सप्तरी ७, बजाङ ६, कन्चनपुर १, कन्चनपुरमा रहेका काठमाडौँका २ जना, अछाम २, कैलाली २, डडेलधुरा १, दैलेख ४३, डोल्पा १, दैलेख ४, सुर्खेत १०, जाजरकोट ४, सल्यान ३८, रुपन्देही १७, अर्घाखाँची १, कपिलबस्तु ११, नवलपरासी २, रुपन्देही ३, भक्तपुर १, धनुषा ८, कपिलबस्तु ३९, काठमाडौं ४, महोत्तरी ३५, रौतहट ६, सर्लाही २७ जनामा संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

उक्त संक्रमित मध्ये उपचारपछि ३ सय ६५ जना निको भएका छन् भने १३ जनाको मृत्यु भईसकेको छ ।