Friday, May 22News That Matters

नेपालमा थप ४२५ जनामा संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ ३२ गते ।

आज नेपालमा थप ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । ३ सय ७५  र ५० जना महिलामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप ६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसगै अहिलेसम्म ९ सय ७४ जना डिस्चार्ज भएको छ ।

क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनी भारतबाट नेपालमा आएर क्वारेन्टाइनमा बसेको थियो । योसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

आजसम्म  ७३ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।