Thursday, June 11News That Matters

नेपालमा थप ५००८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, असोज २४ 

नेपालमा आज थप ५ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै गत २४ घण्टामा १ हजार २ सय २९ जना निको भएसँगै निको हुनेको संख्या ७४ हजार दुई सय ५२ रहेको छ । त्यस्तै गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।