
पूर्णपुष्टि, जेष्ठ २
वितेको २४ घण्टामा नेपालमा थप ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३ सय १६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २ सय ९२, ललितपुरमा ४ सय ३६ र काठमाडौंमा १ हजार ८ सय ८१ गरी जम्मा २ हजार ६ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
वितेको २४ घण्टामा संक्रमणका कारण १ सय ४५ जनाको ज्यान गएको छ भने ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार १ सय ६३ जना रहेका छन् । जसमध्ये ७ हजार ८ सय ८ जना संस्थागत आइसोलेसनमा र १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् ।
