नेपालमा फेरी कोरोना संक्रमणको संख्या बढ्न थाल्यो

पूर्णपुष्टि, पुष २५
पछिल्लो समय कोरोना विश्वभरनै फर्किएको छ । यसै सन्दर्भमा नेपालमा पनि फेरी कोरोना संक्रमितहरुको संख्या उकालो लागेको छ । सुदुरपशिचममा मात्रै दैनिक कोरोनाको संख्याले दैनिक सय नाघ्न थालेको छ ।
सुदूूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुनथालेको हो । भारतमा दैनिक संक्रमणदर वृद्धि हुुँदै गएका बेला त्यहाँबाट फर्किने नेपालीहरूमा संक्रमण देखिनथालेको सुदूूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो केही दिनयता दैनिक कम्तिमा पनि १०० जनामा कोरोना संक्रमण पुुष्टि भइरहेको छ । उनीहरूमध्ये धेरैजसो भारतबाट फर्किनेहरू हुन् । प्रदेशमा शनिबार १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जनाबाहेक १२५ जना भारतबाटै फर्किएका हुन् ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीसँग जोडिएको गौरीफन्टा र बैतडीको झुलाघाट नाकामा १३४३ जनाको एन्टीजेन परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।प्रदेशमा शुुक्रबार पनि १०१ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरूमध्ये ९७ जना भारतका विभिन्न स्थानबाट फर्किएका व्यक्ति भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

बिहीबार पनि १०८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये १०७ जना भारतबाटै फर्किएका रहेका छन् । भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भएकाबेला फर्किरहेका नेपाली संक्रमितको संख्यासमेत दैनिक वृद्धि हुुँदै जादा समुदाय स्तरमा फैलिने जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: