
पूर्णपुष्टि, असार १६
पछिल्लो २४ घण्टामा थप १ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।
अहिलेसम्म १ हजार ६ सय ५७ जना महिला र ११ हजार ९ सय ७ जना पुरुष गरी १३ हजार ५ सय ६४ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उक्त संक्रमित मध्ये आज थप ६० जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ३ हजार १ सय ९८ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
