
पूर्णपुष्टि, असार १६
ईलामको देउमाई नगरपालिका–५ का २५ बर्षीय हरि प्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेको छ ।
हिजो दिउँसो देखी हराईरहेका चापागाई आज बिहान साँढे ८ बजे खोलामा डुबेर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मंगलवारेले जनाएको छ ।
घटनाको जानकारी पाउसाथ तत्काल प्रहरी टोली खटि गई घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।
