
पूर्णपुष्टि, असार १६
बरुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–१३ का ३८ वर्षीय सन्तोष भुजेलको खोलामा डुबेर मृत्यु भएको हो ।
खोलामा पौडी खेलिरहेको अवस्थामा अचानक डुबेर आज दिउँसो करिब सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।
