Thursday, May 14News That Matters

नेपालमा ३० जना कोरोना संक्रमित उपचारपछि निको भए

पूर्णपुष्टि, बैशाख २६ गते ।

आज विराटनगरको कोशि अस्प्तालबाट ८ जना डिस्चार्ज भएपछि नेपालमा डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ ।

अहिले रुपन्देहीमा ३ जना, नेपालगंजमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, विरगंजमा २६ जना र विराटनगरमा १७ जना बिरामीहरुको उपचार भइराखेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परिसकेका छन् ।

अहिलेसम्म १५ हजार ६ सय २४ जना क्वरेन्टीनमा रहेका छन् । यसमध्ये प्रदेश १ मा १ हजार ६ सय ४५ जना, प्रदेश २ मा १ हजार २ सय ९१जना, वाग्मती प्रदेशमा २ सय ७२ जना, गण्डकी प्रदेशमा ५ सय ११ जना, प्रदेश ५ मा ५ हजार ८ सय ७ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ५ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९३जना क्वरेन्टीनमा रेका छन् ।

काठमाण्डौँ उपत्यकामा ३ जना रहेका छन भने उपत्यका बाहिर १ सय ३२ जना गरी आइसोलेसनमा १ सय ३५ जना रहेका छन् ।