Thursday, May 28News That Matters

चिनियाँ प्रदर्शनकारी र प्रहरी विच झडप हुदा डीएसपीसहित केही घाइते

पूर्णपुष्टि, बैशाख २६ गते । 

लकडाउनको उल्लंघन गर्दै सिंहदरबारको निषेधित क्षेत्र तोडेपछि चिनियाँ प्रदर्शनकारी र प्रहरी विच झडप हुदा प्रहरी डिएसपीसहित केहि प्रहरी र प्रदर्शनकारी घाईते भएका छन् ।

आफ्नो देश फर्कन पाउनु पर्ने मागसहित चिनियाँ नागरिकले सिंहदरबारको मूल गेटमा प्रदर्शन गरेको थियो । करिब ५० जनाको संख्यामा प्रदर्शनमा निस्केका चिनियाँले निषेधित क्षेत्र तोडेको र लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीले बल प्रयोग गरेपछि झडप भएको थियो ।

झडपमा सिंहदरबार प्रभागका डीएसपी हरिबहादुर बस्नेत घाइते भएको हो । केही चिनियाँ पनि घाइते भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो उनीहरु प्रधानमन्त्री निवास बालुवाटार प्रदर्शनको लागि गएकोमा प्रहरीले भगाएको थियो । अहिले उनीहरु सबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।