
मिलन परियार
लिम्चुङ्बुङ, बैशाख २६ गते ।
लिम्चुङ्बुङ गाउँपालिका भित्र रहका खाद्यान्न तथा किराना पसलको पालिकाले अनुगमन गरेको छ । कोरोना भाईरसको महामारी फैलिएको बेला कालाबजारी भएको गुनासो आएपछि गाउँपालिकाकी उपाध्यक्ष रमिला राईको संयोजकत्वको अनुगमन टोलीले पसलको अनुगमन गरेको हो ।
पालिकाको १ न. वडाको बास्बोटे, २ न. वडाको ताम्लिछा र ५ न. वडाको जाँतेमा रहेको खाद्यान्न तथा किराना पसलमा दाल, चालम नुन, बिस्कुट, चाउचाउ, तेल, पिय पदार्थ लगायतका खाद्यवस्तुको बिक्री मूल्य र म्याद सकिएका सामानहरुकोसमेत अनुगमन गरिएको समितिका संयोजक राईले बताईन् ।
अनुगमनमा कालाबजारी गरेको नपाईएको र म्यान नाघेका खाद्यवस्तु नपाईएको संयोजक राईले बताईन् । बाँकी वडाका पसलहरुको अनुगमन गर्ने उले बताईन् । दर्ता नगरी संचालन गरेको पसलहरुलाई दर्ता गरेर ब्याबसाय गर्न समेत प्रोत्साहित गरेको बताईन् ।
लकडाउनका कारण सामान ढुवानी गर्न समस्या हुन्छ । नगद तिरेर दुःखका साथ ल्याएको सामान गाउँमा उधारो दिनु परेकाले सामान ल्याउन छाडेको व्यापारी तिलक बहादुर खड्काले बताए ।
अनुगमन टोलिमा ईलाका प्रहरी कार्यलय बाराहाका सई नारायण श्रेष्ठ, प्रमुख प्रसासकिय अधिकृत टार्जनकुमार लिम्बु, ३ न.वडाध्य र ५ न. वडाध्यक्ष केसरकुमार खड्का रहेका छ्न ।

