Monday, May 4News That Matters

नेपालमै पहिलो पटक उदयपुरबाट लामो दुरीको सवारीमा सिसि टभि र जिपिएस जडा

पूर्णपुष्टि, २८ चैत्र ।
गाईघाटबाट काठमाण्डौँ सम्म चल्ने लामो दुरीका दिवा तथा रात्री कालिन सवारीमा सिसि टिभि र जिपिएस जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले नेपालमै पहिलो पटक सवारीमा औपचारिक रुपमा सिसि टिभि र जिपिएस जडान गरेको हो । उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले यस जडानले सुरक्षित यात्रा र सुरक्षि यात्रुमा सहयोग पुग्ने जनाए ।

थापका अनुसार सिसि टिभिले यात्रुको सामान हराउने, घटनाको पहिलो रेकर्डहरुलाई सुरक्षित गर्न सकिने, अनुसन्धानका लागि आवश्यक फुटेजहरुको व्यवस्था गर्न सकिने र जिपिएसले सवारी साधनको लोकेसन, सवारीको अवस्था, तिव्र गतिको अवस्थालाई पक्ता लगाउने, गन्तव्य भन्दा पर वा वर भए संकेत गर्ने र सहि स्थानमा रोक्न सूचना दिने, सवारी चोरीमा नियन्त्रण, सवारीको सामानको अवस्था पत्ता लगाउने अश्वभाविक रुपमा सवारीको सामानहरु हल्लिएरमा सूचना संकेत दिने, सवारी दुर्घटना भएमा साउजीलाई सूचना प्रदान गर्ने र मोवाईलबाटै सवारी बन्द गर्न सकिने, यदि चोरले जिपिएस हटाएर चोरी गर्ने कोशि गरेपनि जिपिएस चोरी भएको र हटाएको जानकारी साहुलाई प्रदान गर्ने र अन्तिम लोकेशन प्रदान गर्ने जस्ता अनेकौँ फाईदा पुराउने जनाए ।

गाईघाटबाट चल्ने ४ ओटा ठुला नाईट बस र ६ ओटा सानो दिवा सवारीमा सिसि टिभि र जिपिएस जडान गरिएको एसपी थापाले जनाए । यी प्रविधि जोडिएपछि यात्रुहरुले आफुलाई सुरक्षित महसुस गरेको छ । उनिहरुले यात्रामा हुने अपराधिक क्रियाकलापहरुबाट बच्न सकिने भन्दै खुसी व्यक्त गरेको छ । सिसि टिभी र जिपिएसको जडान सुभारम्भको उद्घाटन कोशी प्रदेश प्रमुख प्रहरी नायव माहानिरिक्षक (डिआईजी) चन्द्र कुवेर खापुङले गरे । उनले अब गाईघाट बाट चल्ने लामो सवारीको यात्रा सुरक्षित हुने जनाए । देशैभर पहिलो पटक गाईघाटबाट सुरु भएको यो अभियानका कारण उदयपुरका यात्रुहरु भाग्यमानी रहेको समेत खापुङले बताए ।