Friday, May 22News That Matters

नेपालले भारतलाई १० करोड ७० लाख युनिट बिजुली बेच्यो

पूर्णपुष्टि, भदौ १

गत आर्थीक वर्ष २०७६/०७७ मा १० करोड ७० लाख युनिट विद्युत् भारतमा निर्यात गरेको छ । केही वर्ष भित्रै विदुतमा आत्मनिर्भर भइ नेट निर्यात सुरु गरिने प्राधिकरणले जनाएको छ ।

अहिले इनर्जी बैंकिङ अवधारणमा बिजुली निर्यात भएको हो । आर्थिक वर्ष २०७२/०७३ मा ३१ लाख ५० हजार युनिट निर्यात भएको थियो ।

निर्यात बढिरहँदा भारतबाट आयात हुने बिजुली भने घट्दै गएको छ । देशमा १४ घण्टासम्म लोडसेडिङ हुँदा देशभित्र कुल विद्युत् खपतको झण्डै ३५ प्रतिशत विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर विद्युत् खपत झण्डै ८० प्रतिशतले बढेको अवस्थामा आयातको प्रतिशत ३७ प्रतिशत हाराहारीमा थियो ।

गत वर्ष बिजुली आयात २२ प्रतिशतमा सीमित भएको छ । आगामी वर्ष ५ देखि १० प्रतिशतमा मात्रै सीमित हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै विद्युत् प्राधिकरणले चुहावट १५ प्रतिशत नजिक झारेको छ । आर्थिक वर्ष २०७२/०७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर १५.२७ प्रतिशतमा सीमित गर्न सफल भएको प्राधिकरणले जनाएको छ ।