Friday, May 1News That Matters

नेपाली छात्रा प्रिसा साहको रहस्यमय मृत्यु : सभामुखद्वारा भारतसँग कुटनीतिक संवाद गर्न निर्देशन

पूर्णपुष्टि, बैशाख २२ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको मामिलामा सोमबार प्रतिनिधि सभाको बैठकमा गम्भीर छलफल भएको छ । सांसदहरूले आकस्मिक समयमा यो विषय उठाएपछि सभामुख देवराज घिमिरेले सरकारलाई भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन निर्देशन दिए ।

प्रिसा साह झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यस घटनाले सदनको गम्भीर ध्यानाकर्षण गराएको सभामुख घिमिरेले बताए । उनले ‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न’ भएको उल्लेख गरे ।

सभामुख घिमिरेले घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन, मृतक प्रिसा साहको परिवारलाई आवश्यक न्यायिक सहयोग उपलब्ध गराउन, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न सरकारलाई अपिल गरेका छन् ।