
पूर्णपुष्टि, ५ जेठ । नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागी सिफारिस भएका छन् ।
गृह मन्त्रालय बढुवा समिति सचिवालयको बैठकले शुक्रबार एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा। मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो । बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् छन् भने कार्की, केसी र अधिकारी प्रहरी प्रधान कार्यालयमा कार्यरत् छन् ।