Friday, June 5News That Matters

नेपाल आउन लागेको सलमानले झण्डै ५ करोड पारिश्रमिक लिने

पूर्णपुष्टि, चैत १० ।
नेपाल आउने तरखरमा रहेका बलिउड अभिनेता सलमान खानले झण्डै ५ करोड पारिश्रमिक लिने भएको छ । आयोजकका अनुसार सलमानले ४ करोड ८० लाख पारिश्रमिक दिने जनाएको छ । ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकवापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ हिस्सा लिनेछन् ।
सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मा लगायत नेपाल आउनेछन् । नेपालमा रहँदा सलमानलाई सगरमाथा क्षेत्र र लुम्बिनीको भ्रमण गराउने तयारी छ ।
सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडीसीको सहकार्यमा हुने कार्यक्रमका लागि सलमानसहितको टिम नेपालमा तीन दिन रहनेछ ।