Monday, May 4News That Matters

नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

पूर्णपुष्टि, असार १८ । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा चलिरहेको प्रतियोगिताको सेमिफाईनलमा सिंगापुरलाई हराउँदै नेपालले फाईनलमा स्थान सुरक्षित गरेको हो ।

बायोमास ओभल क्रिकेट मैदानमा भएको सेमिफाईनलमा नेपालले सिंगपुरमाथि ८७ रनको जित निकालेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।

नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा सिंगपुरलाई सहजै हराएको हो । नेपालका लागी कृतिक कामतले सर्बाधिक ३ विकेट लिए भने कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले समान १–१ विकेट लिए । सिंगपुरका ओपनर रविचन्द्रनले सर्वाधिक २४ रन बनाए भने अर्को ओपनर श्रेयन च्यायु २ रनमा आउट भए । रहील थाक्करले ७ रन बनाए भने कविर बेर्लियाले ११ बनाए । प्रनव धनुकाले १४ रन बनाउनुबाहेक दोहोरो अंकको रन छुन सकेनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। नेपालका ओपनर सूर्यांशु कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रन बनाएर आउट भए । नेपालका ओपनरले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए । सिंगापुरका हरिहरणले ३ विकेट लिए ।

नेपालले भोली मंगलबार फाईनल खेलमा घरेलु टोली मलेसियाको सामान गर्नेछ । मलेसियाले सेमिफाईनलमा हङकङलाई पराजित गर्दै फाईनलमा स्थान बनाएको हो ।