Monday, April 20News That Matters

नेपाल र कुवेत बिचको सेमिफाईनलको खेल ४५ ओभरको हुने

पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगमा नेपाल र कुवेत बिचको सेमिफाईनल खेल ४५ ओभरको हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र कुवेतबिच भईरहेको खेल बर्षाका कारण रोकिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाउँदै १४१ रन जोड्दा बर्षा हुन थालेपछि खेल रोकिएको थियो । नेपलका ओपनर कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके भने रोहित पौडेल ३० रन र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्।