Saturday, June 13News That Matters

नेप्से ३२ अङ्कले घट्यो

पूर्णपुष्टि, फागुन १० 

आज शेयर बजार परिसूचक नेप्से करिब ३३ अङ्कले घटेको छ । जलविद्युत् र अन्यबाहेक अरू सबै समूहको शेयर ओरालो लागेपछि सोमबार नेप्से ३२.६७ अङ्कले घटेर २६ सय ७.६७ विन्दुमा झरेको छ ।

बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, व्यापारको झण्डै ९३ अङ्कले, होटलको २१ अङ्कले, विकास बैंकको ६५, माइक्रो फाइनान्सको ५७, फाइनान्सको १३, निर्जीवन बीमाको एक सय आठ र जीवन बीमा समूहको शेयर तीन सय ५१ अङ्कले घटेको छ ।

दुई सय सात कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर आठ अर्ब ४० करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३८ करोड २४ लाख र निफ्राको ३२ करोड १२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

निफ्राको शेयरमा सातौँ दिन पनि सकारात्मक सर्किट लागेको छ । आखु खोला जलविद्युत् र निफ्राका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

सेन्चुरी बैंक, सिभिल बैंक, मेगा बैंक र नबिल इक्विटी फण्डका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।