Friday, May 22News That Matters

न्यूजिल्याण्डको ओक्ल्याण्डमा ३ दिनका लकडाउन

पूर्णपुष्टि, साउन २८

आजदेखि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुन तीन दिनका लागि लकडाउन लागू भएको छ । एक सय दुई दिनपछि पुन ४ जनामा कोरोना सङ्क्रमण देखिएपछि लकडाउन लागू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एक सय दुई दिनसम्म न्यूजिल्याण्डका स्थानीयमा कोरोना भाइरसको सक्रमण देखिएको थिएन । यात्रा नगरेका एकै परिवारका चार जनामा हिजो सङक्रमण देखिएपछि लकडाउन गरिएको जनाईएको छ ।

सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको छ ।  ओक्ल्याण्डका बासिन्दालाई घरमै बस्न भनिएको छ । ठूलो सङ्ख्यामा मानिस भेला हुन पाउने छैनन् । अत्यावश्यक बाहेकका व्यवसायहरु बन्द गरिने र  देशभर नै सामाजिक तथा भौतिक दूरी कायम गर्नु पर्ने नियम लागू हुने जनाइएको छ ।

न्युजिल्याण्डमा अहिलेसम्म १५ सय ७० जना कोरोना संक्रमित भईसकेको छ भने २२ जनाको मृत्यु नै भईसकेको छ ।