
पूर्णपुष्टि, फागुन ४
नेपाली प्र्याङस्टर युट्युव च्यानलमा प्र्याङक भिडियो बनाएर अपलोड गर्दै आएका आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको छ । भर्खरै जिल्ला गृह मन्त्रालयले सार्वजानिक स्थलमा मानिसलाई अनावश्यक दुख दिने कार्यलाई सजग गराउँदै यस्तो गरेको पाईएमा कार्वाही हुने सूचना जारी गरेका थिए ।
विद्युतिय कारोवार ऐन २०६३ अन्तरगत कसुर गरेको आरोपमा सेडाईलाई पक्राउ गरिएको साईवर व्युरोले जनाए । उनलाई फागुन ३ गते अनुमति लिएर पक्राउ गरिएको व्यरोले एक विज्ञाप्ती मार्फत जनाए ।
प्र्याङको नाममा सर्वाजानिक स्थलमा मजाक, ख्यालठट्टा, शारिरक तथा मानसिक पिडा हैरानी दिक्दार समयको वर्वाद जस्ता समस्याको झन्झट गाराई सर्वसाधारणहरुलाई दुख दिने र सामाजिक संञ्जालमा भिडियो अपलोड गर्ने गरेको भन्दै सेडाईलाई पक्राउ गरिएको जनाईएको छ । सेडाईलाई थप ७ दिन म्याद थपी अनुसन्धान गरिरहेको छ ।
