Sunday, June 28News That Matters

पढाईमा ट्यालेन्ट कविता बिरामीका कारण २० दिन पछि ट्युसन जाँदै गर्दा बाटैमा मारिइन्

पूर्णपुष्टि, चैत्र २२
कविता इमान्दारी, मेहनती र राम्रो पढाई भएको विद्यार्थी थिईन् । उनि पढाई प्रति निकै लगनशिल र संघर्ष गर्ने विद्यार्थी थिईन् । विरामीका कारणले यस बिचमा विद्यालय आउन नसकेको बुझिएको कविता २० दिन पछि ट्युसन जाँदै गर्दा बाटैमा मारिइन् । उनि विद्यालय पुग्न नपाउँदै क्रुर हत्या गरी मारिन बाध्य भईन् । यो भनाई विद्यालयका प्रधानाध्यापक सुर्यनारायण शाहको हो । कोसी जनता माध्यमिक विद्यालयमा कविता १० कक्षामा पढ्थिन्।

‘साथीले फोन गरेपछि उनी घरबाट निस्केकी थिइन्,’ ती साथीको बयान उद्धृत गर्दै प्रधानाध्यापक साह भन्छन् । साथी पनि उनीसँगै हिँडेको बुझिएको साह बताउँछन्। तर, साथी शंकास्पद तरिकाले घर फर्किइन् । उनको साथमा कोही छोरा मान्छे थिए ।

कविता घरबाट पैदल निस्केकी थिइन् । उनी प्राय पैदल नै विद्यालय जाने गर्थिन् । साहका अनुसार बेलका नगरपालिकाले स्कुलमा अतिरिक्त कक्षा सञ्चालन गरेको छ। स्कुलले बिहान सवा ६ बजे अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ।

नगरपालिकाले आफ्ना हरेक स्कुलमा विद्यालय सुधार कार्यक्रम ल्याइरहेका छन् । त्यसमध्ये अतिरिक्त कक्षा प्राथमिकतामा थियो । वडाध्यक्ष भरतबहादुर मगरका अनुसार जसोदा खोलाको पूर्वपट्टी बाँसघारी छ। त्यहाँबाट करिब साठी मिटर तल कवितालाई घिसारेर लगिएको देखिएको छ।

‘घिसारेर लगेर केही तल पुगेपछि टाउकोमा ढुंगा प्रहार गरिएको देखिएको छ,’ वडाध्यक्ष मगरले भने, ‘घिसारेको ठाउँमा रगत छ, घिसार्दै फेरि अर्को ठाउँमा लगेर अनुहारमा ढुंगाले बेस्सरी हिर्काइएको छ।’ ढुंगा प्रहारबाट कविताको अनुहार क्षतविक्षत छ। उनको अनुहार चिन्न नसक्ने अवस्थामा छ।

उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार अनुसन्धानका लागि ती साथी र उनका दाजु नाता पर्ने विनोद ढकाललाई पक्राउ गरिएको छ । साथीले फोन गरेर बोलाएको र विनोद पनि पछिपछि गएर दुबैले मिलेर कविताको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको अनुसन्धान संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय उदयपुरले गरिरहेका छन् ।एसपी बोहोराले ‘विस्तृत अनुसन्धानपछि सबै कुरा पत्ता लाग्ने जनाएका छन् ।