Tuesday, August 11News That Matters

पत्रकार दुष्टद्धारा प्रेस युनियन परित्याग

पूर्णपुष्टि, चैत १० 

उदयपुरका सक्रिय पत्रकार तथा खुवालुङ बचाउ अभियन्ता राजेन्द्र राई (दुष्ट)ले नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियन परित्याग गरेको छ ।

खुवालुङ वचाउ अभियानमा क्रियासिल रहेकै कारण मानसिक तनाब झेल्नु परेको भन्दै पत्रकार राईले शनिवार एक बिज्ञप्ती जारी गर्दै प्रेस युनियान परित्याग गरेको घोषणा गरेको हो ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा अभ्यास्तरत छ । तर पनि हाम्रो मानविय व्यवहार, चरित्र भने उही पुरानो संस्कार शैलीमा रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

जिल्लामा अति संक्रिण ब्राहमवादी सोच, सामन्ति मानशिक्ता, व्यक्तिवादी चरित्र र अहंकारी प्रवृत्ति हावीबाट आजित भएको छु । त्यसै कारण यो सबैलाई आत्मसाथ गर्न असमर्थ भएको विज्ञप्तिमा उल्लेख छ ।

एक किरातीको सन्तान भएकाले आफ्नो पहिचान, सह अस्तित्व र आफ्नो पूर्खाहरुको स्वभिमानलाई कुल्चेर दास, गुलामी बन्न नसक्ने विज्ञप्तिमा उल्लेख छ । पछिल्लो अवस्थामा राष्ट्रिय स्तरमै निकै चर्चा पाएको आफ्नो किराती समुदायको आस्थाको धरोहर  खुवालुङ प्रति आफ्नो फेसबुकमा लेखेको अभिव्यक्तिका कारण जिल्लामा रहेका युनियनका नेतृत्वहरुले पटकपटक मानसिक तनाव दिने गरेकाले यस प्रति घोर आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैले अवका बाँकी दिनहरुमा (स्वतन्त्र) रही आफ्नो पत्रकारिता पेशालाई निरन्तरता दिने बाचा प्रतिवद्धतासँगै अवका दिनहरुमा कसैको दास गुलामी बन्न नसक्ने ठहर गर्दै नेपाल प्रेस युनियनलाई आजकै मितिबाट परित्याग गरेको उल्लेख गरिएको छ ।

पत्रकार राई प्रेस युनियन उदयपुरका जिल्ला कमिटि सदस्य तथा चौदण्डीगढी नगरसमिति संयोजक थिए ।