Friday, May 22News That Matters

पत्रकार भेटघाटमा ह्वाइट हाउस बाहिर गोली चल्यो

पूर्णपुष्टि, साउन २७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाटमा ह्वाइट हाउस बाहिर गोली चलेको बताएका छन् । पत्रकार भेटघाटको क्रममा ट्रम्पका सुरक्षाकर्मीले उनलाई केही भनेपछि उनी पत्रकार भेटघाट छाडेर भित्र गए ।

केहि मिनटपछि  ट्रम्प बाहिर आएर पत्रकारहरुलाई स्थिति नियन्त्रणमा रहेको बताएका थिए । पत्रकारहरुलाई अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिले एक हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएको ट्रम्पले बताएका छन् । उनका अनुसार यस घटनापछि घाइतेलाई अस्पताल लगिएको छ ।

ट्रम्पले यो घटनालाई असामान्य स्थिति भनेका छन् । सेक्रेट सर्भिसका व्यक्तिहरुको ट्रम्पले प्रशंसा पनि गरे । तर साच्चै गोली नै चलेको थियो र कसैलाई अस्पताल लगिएको छ । र त्यो व्यक्तिको अवस्थाबारे जानकारी नभएको बताएको छ ।

ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो । त्यो स्थानबाट वित्तमन्त्री र अर्का एक अधिकारीलाई त्यहाँबाट सुरक्षित स्थानमा लगिएको थियो ।

कोही व्यक्ति गलत उद्देश्यले आएको थियो या थिएन भन्ने जानकारी आफूलाई नभएको ट्रम्पले बताएका छन् । उनले यो घटनालाई दुर्भाग्यपूर्ण भएको भन्दै ‘दुनिया सधैं एक खतरनाक स्थानमा रहिरहेको छ, यो कुनै अनौठो कुरा होइन ।’

यो घटनापछि ट्रम्पलाई प्रेस ब्रिफिङ रुमबाट बाहिर निकालेर उनको निवासमा कडा सुरक्षाका साथ लगिएको थियो ।