
पूर्णपुष्टि, साउन २७
लेबनानका प्रधानमन्त्री हसन दियाबले राजिनामा दिएको छ । आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिएको हो ।
प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्रिपरिषद्का सदस्यसहित आफूले राजीनामा दिएको जनाकारी गराएको थियो ।
यसअगाडि नै राष्ट्रपति माइकल आउनले राजीनामा दिएको समाचार एजेन्सीहरुले बताएका थिए । तर आधिकारिक घोषणा भने भएको थिएन ।
राजीनामा दिनुभन्दा अगाडि केही मन्त्रीले राजीनामा दिइसकेका थिए । लेबनानका नागरिकले सरकारप्रति भ्रष्टाचार गरेको तथा अयोग्य भएको आरोप लगाएका छन् ।
गत मङ्गलबार लेबनानको एक खाद्यान्न भण्डारणमा आगलागी भएको थियो ।
