
पूर्णपुष्टि, साउन २७
युरोपा लिगको अन्तिम चारमा इटालियन क्लव ईन्टर मिलान प्रवेश गरेको छ । जर्मन क्लब बायर लिभरकुसेनलाई २–१ गोलले पछि पार्दै इटालियन क्लब इन्टर मिलान लिगको अन्तिम चरणमा प्रवेश गरेको हो ।
खेलको १५ औं मिनेटमा निकोलो बरेलाले गोल गरेको थियो । त्सपछि २१ औं मिनेटमा रोमेलु लुकाकुले लिभरकुसेनका डिफेन्डरलाई बिट गर्दै अर्काे गोल गरे । जसका कारण इन्टरले खेलमा दुई शून्यको अग्रता बनाएको थियो ।
दुई गोलले पछि परेको अवस्थामा चेल्सीमा आउने चर्चामा रहेका केइ हाभेर्टजले गोल गर्दै लिभरकुसेनको अन्तर कम गरेका थिए । उनले खेलको २५ औं मिनेटमा डि–बक्स भित्रबाट पाएको मौकालाई सदुपयोग गरेका हुन ।
