Sunday, June 21News That Matters

पत्रकार महासंघ उदयपुरकाे विपद्काेषमा सहयाेग जु्ट्दै

पूर्णपुष्टि, जेठ ७ ।

नेपाल पत्रकार महासंघ उदयपुरकाे विपद कोषमा सहयोग जुट्ने क्रम सुरु भएको छ । पत्रकार महासंघका सचिव विश्वराज तामाङका अनुसार हालसम्म विपद कोषमा ३२ हजार ५ सय रुपैया संकलन भइसकेको छ भनेसहयोग जुट्ने क्रम सुरु जारी छ ।

कोषमा शाखा अध्यक्ष भरत खड्काले ५ हजार, उपाध्यक्ष पर्शुराम थापाले ३ हजार, उपाध्यक्ष गंगा राईले २ हजार, सचिव विश्वराज तामाङले ५ हजार, सदस्य सन्तोष कार्कीले २ हजार पाँच सय उपलब्ध गराएका छन् । त्यसैगरी पत्रकार कटारीका राजु मगरले ५ हजार, पत्रकार अमित तामाङले ५ हजार, एमालेका युवा नेता समाजसेवी सुनिल लामाले ५ हजार सहयोग प्रदान गरेका छन् ।

यसैबीच, महासंघ शाखाले पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण थालेको छ । माक्स, सेनिटाईजर, फेस शिल्ड, ग्लोभ्स लगायतका सामाग्रीहरु वितरण थालेको हो ।

पत्रकार महासंघलाई केहि दिनअघि त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रमेश विश्वकर्मा सहितका स्थानिय व्यवसायीहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो । यता त्यसैगरी स्थानिय व्यवसायी जीवन निरौला, युवा स्वरोजगार समुहले पनि स्वास्थ्य सामाग्री पत्रकार महासंघलाई उपलब्ध गराएको थियो ।