Monday, April 20News That Matters

पदको स्वार्थमा चौदण्डीको १५० उपभोक्ता सिँचाई बहिन, सिँचाई कार्यालय गाईघाटमा घेराउ

पूर्णपुष्टि, १० बैशाख ।
चौदण्डीगढी नगरपालिका २ माडिवासमा सिँचाईको लागि परेको योजना गाउँकै गन्य मान्नेहरुको पदको स्वार्थले अबरुद्ध हुँदा उपभोक्ताहरु मारमा परेको छ । प्रदेश सरकारको सांसद राजन किरातीको पहलमा नगरको २ नं वडा स्थित देविथान मुनी मुहान हुँदै जागिरमान टोलबाट जोर बाटो सम्म जाने नामक सिँचाई योजना गाउँकै मान्य गन्यहरुको कारण रोकिएको हो । सांसद राईको पहलमा प्रदेश सरकारबाट छुटिएको ४५ लाख बजेट समितिको पद नमिल्दा फ्रिज हुने बेला भएको उपभोक्ताहरुले जनाएको छ । हाल सम्म करिब ३ ओटा समिति बनिसक्दा पनि आपसमा पद मिलाउन नसक्दा सम्झौतामा ढिलाई भैसकेको उपभोक्तहरुको भनाई छ । पदीय स्वार्थमा समिति निर्माण गर्न नसकेपछि योजना फ्रिज भई जाने उपभोक्ताहरुमा डर छ ।

बल्ल तल्ल कृषकहरुको लागि परेको बजेट गाउँकै जान्ने मान्ने मान्छेहरुको कारण फ्रिज हुने लागेको उपभोक्ताहरुले गुणासो गरे । समितिमा विवाद आएपछि सिँचाईले सम्झौता गर्न नसकेको जनाएको छ । कृषिको लागि आएको सिँचाई बजेट गाउँका केहि गन्यमान्यहरुको पदको स्वार्थ र सिचाई कार्यालयको सम्झौतामा आलटालका कारण योजना अघि बढ्न नसकेको भन्दै माडिवासका उपभोक्ताहरुले गाईघाटमा रहेको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्याल घेराउ गरेको छ । उनिहरुले आईतबार बिहिान कार्यालय घेरा उगर्दै समस्या सामाधानको माग गरेको छ । केहि ब्यक्तिहरुको स्वार्थमा सिँचाई कर्यालयले पनि सम्झौता रोक्का गर्दा उपभोक्ताहरु मारमा परेको भन्दै कार्यालय घेराउ गरिएको हो ।

संसद किरातीको पहलमा ‘देवीथान मुहान भइ जागिरमानको घर हुँदै जोरबाटोसम्म जाने सिंचाई कुलो’ योजनाको लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको उपभोक्ताहरुले जनाए । तर, गत माघ २२ गते बनेको उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र खड्काको नेतृत्व विरुद्ध स्थानीय रत्न खड्का र प्रेमा खड्का भण्डारीले गत फागुन ९ गते योजना सुचारु नगर्न र अनावश्यक योजना परेको भन्दै सिंचाई कार्यालय गाईघाटमा निवेदन दिएपछि योजना सञ्चालन हुन सकेको थिएन । योजना सम्पन्न गर्न उपभोक्ताबीचमै विवाद भएको भन्दै सिंचाई कार्यालयले योजनाको सम्झौता नगरेपछि पुनः गत चैत ३ गते अमरबहादुर राईको अध्यक्षतामा दोस्रो समिति बन्यो । उक्त समितिमा विरोधकर्ता तथा निवेदिका खड्काकी छोरा डेभिड खड्कालाई सचिव पदमा राखी अर्को समिति बन्यो ।

पुनः उक्त समितिलाई पनि घरघरमा गएर उपभोक्ताहरुको इच्छा विपरित समिति गठन भएको भन्दै खगेन्द्रको पालाका सचिव घनश्याम तिवारी, इन्द्रबहादुर बस्नेत र अशोक राईले योजना राक्न गत चैत १६ गते निवेदन दिए पछि योजना अलपत्र हुने अवस्था आएको हो । दोस्रो निवेदकहरु मध्ये बस्नेत र राई उपभोक्ता नभएको आन्दोलनकर्ताहरुले बताए । जुनसुकै हालतमा पनि योजना सम्पन्न गर्नु पर्छ आएको बजेटलाई (फ्रिज) हुन दिनु हुँदैन भन्ने उदेश्यले वडाध्यक्ष हरिबहादुर खड्काको उपस्थिती तथा रोहबरमा उपभोक्ता भेला भइ गत चैत २५ मा स्थानीय चन्द्रबहादुर मगरको अध्यक्षतामा ९ सदस्यीय रहनेगरी तेस्रो नयाँ उपभोक्ता समिति गठन भएको थियो ।तेस्रो समितिका सचिव दिपक राईले भने, ‘वडामा सहमति लिन जाँदा यो समिति पनि हुँदैन, रत्न खड्का र घनश्याम तिवारीलाई नमिलाई हुँदैन भनेपछि हामी अगाडी नबढेको हो ।’

सिंचाई कार्यालय घेराउ गर्न एउटा सार्वजानिक बस रिजर्वगरी योजना पीडितहरु गाईघाट गएका थिए । रत्न खड्का र घनश्याम तिवारीबीच दुई जनाको खिचातानी र लडाइने गरिब निमुखाले पाउँन लागेको योजना कुनै हालतमा फ्रिज हुन नदिइने समाजसेवी तथा युवा नेता रमेश विश्वकर्माले बताए । योजना रोक्ने निवेदक खड्काको निवेदनमा भनिएको छ, ‘पानीको मुहान स्थायी नभएको, सो क्षेत्रका मानिसको नम्बरी जग्गा नभएको, लागत अनुसारको प्रतिफल नआउँने योजना सम्पन्न नगर्न र निवेदनलाई बेवास्ता गरिए अख्तियारको कार्यालयमासम्म जाने र सो जग्गाजमिनहरु नम्बरी हो या होइन अमिनी सहित निरीक्षण गरी पाउ ।’

‘विवाद समाधान नभएसम्म काम स्थगित गरि पाउ’ भन्ने विषयमा अर्का निवेदक तिवारी लगायतले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गाईघाटमा निवेदन दिएको थियो । उभोक्ताहरुको (डेलीगेशन)लाई सम्वोधन गर्दै कार्यालय प्रमुख उदित शाहले भने, ‘पटकपटकको विवाद र समिति गठनले गर्दा योजना सञ्चालन गर्न अपठ्यारो भयो । त्यसकारण जम्मा कति उभोक्ता हो ? कति हेक्टर जग्गा छ, त्यसको लागि सबै लाभान्वित उपभाक्ताहरुको लाला पूजा या जग्गाको अस्थायी निस्साको प्रमाणपत्रको प्रतिलिपी सहित बुधबार भेला पार्नुहोस् हामी आएर उपभोक्ता समिति बनाउ, त्यसपछि काम सुरु गरौं ।’प्रमुख शाहको भनाइलाई स्वीकार्दै उपभोक्ताहरुले गर्ने भनेको अन्य आन्दोलनको कार्यक्रमहरु स्थगित भएको युवा नेता विश्वकर्माले बताए ।सो क्षेत्रमा डेढ सय घरपरिवार किसानहरु सिंचाईको अभावमा वर्षेनी आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् ।