Wednesday, June 10News That Matters

पर्यटकीय स्थल शाहीखोलामा सिढि निर्माण, पर्यटकलाइ आकर्षण थपियाे

पूर्णपुष्टि, असार १५

त्रियुगा नगरपालिकाको वडा नं. १६ स्थित पर्यटकीय क्षेत्र शाहीखोलामा सिढि निर्माण भएको छ । आँपचौर बनभोज स्थलमा करिब १ सय २५ मिटर लामो सिढी निर्माण भएको हो । पर्यटन प्रवद्र्धनको उद्देश्यले त्यस ठाउँको संरक्षण तथा सम्बद्र्धनको काम भइरहेको छ ।

वडाध्यक्ष मानबहादुर राईका अनुसार उक्त योजनामा प्रधानमन्त्ती रोजगार कार्यक्रममार्फत ८ जना मानवीय जनशत्तिको सयदिनको पारिश्रमिक ब्यहोरिएको थियो भने वडा तथा नगरपालिकाबाट १ लाख २२ हजार लागत साझेदारी भएको थियो । कुल ५ लाख ६५ हजार लागतमा निर्मित सिढिले त्यस ठाउँको थप आकर्षण बढाउनुका साथै आवतजावतमा सहज बनाएको छ ।

त्यसक्षेत्र घुमफिर तथा बनभोजका लागि जानेहरुलाई अव सजिलो भएको छ । सिढि आकर्षक पनि देखिएको छ ।

वडाले अन्य पर्यटकीय गन्तब्य शाहीमहल, फेदिखेतको झर्नाको विकास र प्रवद्र्धनमा समेत चासो राखेको छ । गाईघाटदेखि करिब ५ किलोमिटर दुरीमा रहेको उक्त स्थान शान्त, हरियाली र मनमोहक रहेको छ । उक्त ठाउँमा वडागत बजेटबाट घर निर्माण भइसकेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

अन्य तस्विरहरू :