
पूर्णपुष्टि, असार १५ ।
कोभिड महामारीको बेला अप्ठ्याराेमा परेका परिवारलाई रूम टु रिडले खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोभिड १९ महामारीको दोस्रो लहरबाट प्रभावित परिवार एवम् विभिन्न परिस्थितीबाट अप्ठ्यारोमा परेका परिवारहरुलाई सहयोग गरेको हो ।
बाँके जिल्लाका चार पालिकाका ७० परिवारलाई खाद्यान्न तथा स्वस्थ्य सामग्री वितरण गर्ने कार्यक्रम अन्तर्गत रूम टु रिडले आज तीन पालिकाका ५५ परिवारलाई सहयोग गरेको हो।
कोहलपुर नगरपालिकाका २९, बैजनाथ गाउँपालिकाका १६ र राप्ती सोनारी गाउँपालिकाका १० परिवारलाई आज सहयोग वितरण गरिएको छ । भोलि बुधबार खुजुरा गाउँपालिकाको १५ परिवारलाई सहयोग वितरण गर्ने कार्यक्रम रहेको रूम टु रिड बाँके फिल्ड कार्यालयका वरिष्ठ व्यवस्थापक खड्ग कुँवरले बताउनुभयो।
प्रति परिवार २५ केजी चामल, ५ केजी दाल, २ केजी नुन, २ लिटर खाने तेल, २ केजी चिउरा, साबुन ६ वटा र मास्क १ प्याकेटको दरले सहयोग वितरण गरिएको छ।
खाद्यान्न सामाग्री लिएपछि एन टिभी रोड कोहलपुरका मैना बिकले भन्नुभयो, ूधेरै दिन भएको थियो, घरमा खाने कुरा नभएको, कस्लाई भन्ने १ कस्को सहयोग लिने १ छिमेकबाट सापटी लिएर पनि चलाएँ । अब चाहिँ भोकभोकै बस्नु पर्ने अवस्था थियो । यो सामग्रीले १५(१६ दिन पुग्ला । त्यतिन्जेलसम्म लकडाउन पनि खुल्ला अनि मजदुरीमा जान सकिएला।
सम्बन्धित पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको समन्वय तथा सहभागितामा ती सामग्री वितरण गरिएको हो।
कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्त पौड्यालले शिक्षाको क्षेत्रमा काम गरिरहेको संस्थाले स्थानीयहरूको समस्या बुझेर संस्थागत तथा व्यक्तिगत पहलमा सहयोग गरेकोमा प्रशंसा गर्नुभएको छ।
