
पूर्णपुष्टि, असार १५ ।
त्रियुगा नगरपालिकाको वडा नं. १३ ले कृषकको पर्व “असार १५” को अवसरमा वडाका सफल तथा अगुवा कृषकहरुलाई आज सम्मान गरेको छ ।
वडाध्यक्ष पशुपति चौधरीले कृषकको मनोबल र आत्मसम्मानलाई बढाउन सम्मान कार्यक्रम गरिएको बताउनुभयो ।
विभिन्न कृषि कर्म गरिरहेका कृषकहरुलाई सम्मान गरिएको हो । तरकारीखेती, फुलफुल खेती, पशुपालन लगायतका सफल कृषकहरुलाई सम्मान गरिएको हो ।
सम्मान हुने कृषकहरुलाई नगरपालिकका मेयर बलदेव चौधरीले खादा ओढाई कदरपत्र प्रदान गर्नुभयो । सम्मान कार्यक्रमले कृषकहरुमा आत्मसम्मान बढ्नुका साथै कृषिमा थप प्रेरणा मिलेको प्रतिक्रिया कृषकहरुले दिएका छन् ।
सम्मानका तस्विरहरू :

