
पूर्णपुष्टि, असार १५ ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले असार १५ को अवसरमा वडा नं. ७ अन्तर्गत चुहाडे गाउँका कृषकहरुलाई फलफुलको विरुवा वितरण गर्नुभएको छ । घरघरमा रोप्नका लागि दुईओटा आँप र एकओटा लिच्चीको विरुवा वितरण गर्नुभएको हो ।
धेरैजसो कृषिमा निर्भर कृषकहरुको घर बगैचा फलफुलले सजिनु पर्छ भन्ने मान्यताका साथ फुलफुलको विरुवा वितरण गरेको मेयर चौधरीले बताउनुभयो ।
वितरणका तस्विरहरू :

