
असारीमा सडक उद्घाटन
पूर्णपुष्टि, असार १५ ।
त्रियुगा नगरपालिका वडा नं. १३ को सरस्वतीटोलमा नगरपालिकाले सडक निर्माण गरिदिए पछि गाउँले हर्षित छन् । नगरपालिकाको चारलाख लगानीमा सरस्वती टोल हुदै असारी जंगलमा रहेको शिव मन्दीरसम्म जाने सडक बनेको हो । 
सडकको उद्घाटन आज मेयर बलदेव चौधरीले गर्नुभयो । टोलबासीहरुको उपस्थितिमा सडक उद्घाटन गर्दै मेयर चौधरीले जनताको खुसी नै आप्mनो खुसी रहेको बताउनुभयो । यसपटक बालबालिकादेखि बृद्ध आमाबुवाहरु र सबै क्षेत्रलाई समेट्ने किसिमको बजेट तथा नीति ल्याएको जानकारी दिनुभयो ।
१३ नं. वडाध्यक्ष पशुपती चौधरीले सरस्वती टोलको आवश्यकता हेरेर सडक निर्माणको काम अगाडी बढाएको बताउनुभयो । यसको स्तरोन्नतीमा आगामी दिनमा काम गरिने उहाँले बताउनुभयो । 
चार सय मिटर लामो सो सडकले सरस्वतीटोल, प्रगति टोल हुदै सिद्धेश्वर महादेव मन्दिर जाने भक्तालुहरुका लागि सुविधा पुगेको स्थानीय समाजसेवी सिंहबहादुर राईले बताउनुभयो ।
