Monday, May 4News That Matters

पर्यटक जान योग्य बन्यो उदयपुरगढी

पूर्णपुष्टि, २२ असार ।
उदयपुरकै पहिलो सदरमुकाम उदयपुरगढी पछिल्लो समय पर्यटकमय बनेको छ । जिल्लाकै इतिहास बोकेका उदयपुरगढी संरक्षण र पून : निर्माणका अभावले अस्तव्यस्त थियो । देशकै पर्यटनको सय गन्तव्य भित्र पर्न सफल उदयपुरगढीले लामो इतिहाँस बोकेको जानकारहरु बताउँछन् ।
इतिहाँसकार तथा बरिष्ठ पत्रकार कौशल चेम्जोङले माहाभारत रामायण, मुन्धुम लगायत धार्मिक ग्रन्थहरुको आधारमा हेर्ने हो भने उदयपुरको इतिहाँस इ.सा पूर्व ५ सय देखी सुरु भएको पाईन्छ । चेम्जोङका अनुसार उदयपुरगढी पनि किराँती राजाहरुबाटै सासित रहेका थिए । इतिहाँसको ग्रन्थलाई आधार मान्दै चेम्जोङले भने,” यस ठाउँमा पनि किराँती राजाहरुले साशन गरेको पाईन्छ । उत्तर पूर्वी हिमालयको क्षेत्रमा किरातीहरु सासन गर्नेगर्दथ्यो । ओबाहाङ, मावोहाङ र श्रीजंगाहाङले यस ठाउँमा साशन गरेको पाईएको कुरा चेम्जोङले सुनाए । यी राजाहरुले केन्द्रीय सत्तालाई समेत चुनौती दिने कुरा मान्देवको चाँगुनारायण स्ताम्भको अभिलेखबाट समेत पुष्टी हुने कुरा उनले प्रस्टाए । श्रीजंगहाङको पालामा भने लिच्छीवी कालको उदयदेवले आक्रमण गरेको इतिहाँस छ । सो आक्रमणमा भने उदयदेवले युद्ध जितेको पाईन्छ । युद्धहारेपछि श्रीजंगाहाङ पूर्व मोरङ राज्य तर्फ लागेको र उत्तै राज्य गरेको पाईन्छ । उदयपुरमा किराँत राजा र लिच्छीवी राजाहरुबीच बिभिन्न मत मतान्तर बाबजुत साशन चल्दै आएको र नेपालको मध्यकालिन इतिहाँसमा पछिल्लो प्रदुम्न कामदेवको पालामा भने जनार्दन जिब भन्ने मानिसलाई चै काठमाण्डौँबाट उदयपुरको सासन गर्न पठाईएको पाईन्छ । चेम्जोङका अनुसार त्यस मानिसलाई साशन गर्न पठाउनका कारण उदयपुरका साशकहरु केन्द्रीय सत्ताप्रति बिद्रोह गर्दै स्वतन्त्र राज्यको रुपमा खडा गर्ने गर्थे । यस्तो अवस्थाले उदयपुरगढी घरी बन्ने र घरी बिग्रने अर्थात पतन वा प्रारम्भ विन्दुमा झुलिने गरेको इतिहाँसले देखाउँछ । पछिल्लो समय उदयदेवको सम्मानमा वस्ती बसाएपछि उदयपुर रहन गएको पाईन्छ । यस उदयपुरगढीको नामबाटै जिल्लाको नाम पनि उदयपुर रहन गएको चेम्जोङले सम्झाए ।

उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जितबहादुर खड्काका अनुसार उदयपुरगढी धार्मिक र ऐतिहाँसिक स्थलले महत्वपूर्ण रहेको जनाए । करिब १२ सय मिटर उचाईमा रहेको उक्त स्थान हावा पानी सँगै स्वच्छ वातावारणमा रहेको उपाध्यक्ष खड्काले जनाए । सेनवंशी राजाले राज्य गरेको पुरानो ऐतिहाँसिक स्थानका कारण यस ठाउँलाई संरक्षण र बिकास गर्न जरुरी रहेको खड्काको भनाई छ । हाल त्यस ठाउँको ऐतिहाँसिक र धार्मिक सम्पदाहरुलाई पून ः निर्माण र संरक्षणमा पालिका लागि परेको जनाए । यसको संरक्षणका लागि पालिकाले डिपिआर नै तयार गरी काम अगाडी बढाएको छ, खड्काले भने, । पर्यटन बिकास बोर्ड र पालिकाको समेत बजेट बिनियोजनमा त्यस ठाउँमा बिभिन्न भौतिक संरचना सँगै सम्पदाहरुको संरक्षणमा पालिकाले निर्माण कार्यलाई जोड गरेको खड्काले जनाए ।

पर्यटन बोर्डको बजेटले हाल त्यस ठाउँलाई हरावरा र ब्यवस्थित पारिएको छ । राजाको क्रियाकलाप झल्किने भौतिक निर्माणहरु निर्माण गरिएको छ । करिब २ सय बर्ष पुरानो बरपिपल, मन्दिरहरुको संरक्षण गरिएको छ । भ्युटावर निर्माणको काम अन्तिम चरण तर्फ रहेको छ । निर्माण भएको सम्पदा संरक्षण र रेखदेखमा पालिकाले बर्षेनी बजेट बिनियोजन गरी थप विकास गर्ने पालिकाको योजना रहेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईका अनुसार उदयपुरगढी पर्यटनको लागि तुलनात्मक क्षेत्र रहेको जनाए । राईले यसठाउँलाई ब्यापक प्रचार प्रसार गर्नु पर्ने जनाए । प्रचार प्रसारको माध्यमबाट देशैभर यसको महत्व फैलाउँदै स्वदेशी र विदेशी पर्यटकहरुलाई आकर्षक पार्नु लागि पर्नु पर्ने जनाए ।

उदयपुरगढी घुम्न पुगेका सौगात राईले यस ठाउँबाट हिमाल, पहाड र तराईका फाँटहरुलाई मज्जाले नियाल्न सकिने बताए । गर्मि छल्न र गढीको अवलोकन गर्न त्यस ठाउँ सम्म पुगेका राईले हावा पानी र मौसमका कारण त्यस ठाउँ घुम्न निकै रमणीय रहेको बताए । साथै त्यस ठाउँको पुराना सम्पदा र इतिहाँस बुझ्दा थप रमाईलो लागेको समत राईले बताए । पुराना संरचनाहरुको आकर्षक निर्माण र राज्य सत्ताको समयमा रहेको अबषेश र क्रियाकलापको संरचनाहरु व्यवस्थित बने सँगै त्यस ठाउँमा पर्यटनहरु आवत जावत गर्न सुरु गरेको छ ।

DCIM100MEDIADJI_0662.JPG
DCIM100MEDIADJI_0667.JPG